Nepal Govt. Reg. No.: 144333/072/073

01-526916

Contact Us

सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्युदर बढ्यो

Friday June 25, 2021
सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्युदर बढ्यो

धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु दरमा वृद्धि भएको छ। प्रादेशिक अस्पतालका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा नवजात शिशुको मृत्युको संख्यामा वृद्धि भएको छ।

सेती प्रादेशिक अस्पतालमा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा नवजात शिशु मृत्युको संख्या ४८ रहेको थियो भने गत आर्थिक वर्ष २०७६/७७ मा एक सय १५ नवजात शिशुको मृत्यु भएको जनाइएको छ।

तथ्यांकअनुसार सेती प्रादेशिक अस्पतालमा आमाको गर्भमै मृत्यु भएका शिशुको संख्या अधिक रहेको छ। अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा सेती प्रादेशिक अस्पतालमा प्रसूतिका लागि भर्ना भएका आमाहरुमध्ये गर्भभित्रै १७ जना शिशुको मृत्यु भएको थियो। त्यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा गर्भभित्रै मृत्यु भएका शिशुको संख्या ८३ रहेको थियो।

त्यस्तै, जन्मिदै मृत्यु हुने र जन्मेको एक साताभित्रै मृत्यु भएका शिशुको संख्या अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा २८ रहेको थियो भने गत आर्थिक वर्ष २०७६/७७ मा त्यस्तो संख्या ३२ रहेको थियो।

अस्पतालको तथ्यांकका अनुसार जन्मिदै मरेका शिशुको संख्या गत आर्थिक वर्ष २०७५/७६ मा २७ रहेको थियो भने जन्मेको एक साताभित्र एक जना शिशुको मृत्यु भएको थियो। त्यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा जन्मदै मृत्यु भएका शिशुको संख्या १२ र जन्मेको एक साताभित्र मृत्यु भएका शिशुको संख्या २० रहेको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले लकडाउनका कारण र स्वास्थ्य संस्थामा गर्भवती आमा ढिलो पुग्ने गरेका कारण शिशु मृत्युको संख्या बढेको बताए। उनले भने, ‘लकडाउनका कारण अस्पतालसम्म पु¥याउन सवारी साधन नचलेका कारण गर्भभित्रै बच्चा मर्ने गरेकोले मृत्युदर बढी देखिएको हो।

सेती प्रादेशिक अस्पतालमा प्रसूति गराउन आउनेको संख्या पनि घटेको छ। सेती प्रादेशिक अस्पतालमा आर्थिक वर्ष २०७५/७६ मा पा“च हजार छ सय १७ सामान्य, एक हजार सात सय ६ शल्यक्रिया र पा“च सय ३७ उपकरणबाट प्रसूति गरिएको थियो भने आर्थिक वर्ष ०७६/७७ मा चार हजार आठ सय १९ जना महिलाको समान्य, एक हजार दुई सय ४७ महिलाको शल्यक्रिया र तीन सय ६९ महिलाको उपकरण प्रयोग गरी प्रसूति गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

सेती प्रादेशिक अस्पताललाई कोभिड–१९ डेडिकेटेड अस्पताल घोषणा गर्दा प्रसूति गराउन आउनेको संख्या घटेको जनाइएको छ। सेती प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डाक्टर प्रदीप मिश्रले भने, ‘कोभिड डेडिकेटेड अस्पताल घोषणा भएपछि प्रसूति गराउन आउने संख्या ह्वात्तै घट्यो। अहिले साउन यता पुरानै अवस्थामा आएको छ।’ उनले नवजात शिशु मृत्युदरमा खासै फरक नआएको बताए।

उनले नवजात शिशु मृत्यु दर घटाउन अस्पतालमै भेन्टिलेटर सहितको एनआइसियु (लेभल–३) सञ्चालनमा ल्याइएको बताए। ‘६ महिनाअघि सुरु गरिएको यो सेवा अन्तर्गत हामीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको स्तरीय सेवा दिइरहेका छौं,’ डाक्टर मिश्रले भने।

उनले नवजात शिशु मृत्यु हुनुको कारण शिशु आफैं मात्र नभई आमाको गर्भमा धेरै समय बस्ने भएकाले आमाको स्वास्थ्यसँग जोडिने बताए। उनले भने, ‘शिशु मृत्युदर घटाउन राष्ट्रिय कार्यक्रम सँगसँगै एनआइसियुलाई लेभल–२ बाट लेभल ३ मा लगेका छौं। जनशक्ति बढाएका छौं। एजेन्सीहरुले सरसमान प्रदान गरी सहयोग गर्नुका साथै अस्पतालका स्वास्थ्यकर्मीहरुलाई समयसमयमा तालिम प्रदान गरिरहेका छौं।’

डाक्टर मिश्रले अस्पतालमा संघीय सरकारबाट आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताए। उनले भने, ‘आमा सुरक्षा कार्यक्रम अन्र्तगत प्रसूति निःशुल्क र यातायात खर्च तथा सुत्केरी भत्ता उपलब्ध गराइन्छ।

उनले प्रदेश सरकारले विभिन्न शीर्षकबाट बजेट पठाइरहेको बताए। उनले भने, ‘प्रदेश सरकारबाट प्राप्त बजेटबाट जनशक्ति थप्ने, नया“–नया“ उपकरणहरु खरिद गर्ने लगायतमा सहयोग भएको छ।’

उनले अस्पतालले पनि आवश्यक परेका औजारहरु खरिद गरिरहेको, आवश्यक जनशक्ति थप्ने, जनशक्तिको क्षमता अभिवृद्धि गर्ने लगायतका काम अस्पताल तहबाट पनि भइरहेको बताए। उनले संघ÷संस्थाले पनि आवश्यक औजार र क्षमता अभिवृद्धिका कार्यक्रम गर्दा काम गर्न सहज भएको बताए।

उनले कोरोना पोजेटिभ भएका सुत्केरी महिलालाई प्रसूति गराउन छुट्टै कोठाको व्यवस्था गरिएको र नया“ जन्मेका नवजात शिशुलाई पनि छुट्टै किसिमको सानो कोठा बनाइएको बताए। उनले कोरोना पोजेटिभ आमाहरुलाई पनि परामर्श दिने काम भइरहेको बताए।

सेती प्रादेशिक अस्पतालकी आमा सुरक्षा कार्यक्रमकी फोकल पर्सन यशोदा ढकालले कोरोना विशेष अस्पताल अलग्गै ठाउ“मा निर्माण भएपछि प्रसूति सेवा प्रवाह गर्नमा सहज भएको बताइन्। उनले भनिन्, ‘हामीले प्रसूति गराउन आउने आमाहरुमा कोरोना पोजेटिभ तथा लक्षण देखिएमा छुट्टै स्थानको व्यवस्था गरेका छौं।’

उनले सुत्केरी महिलालाई गाडीको व्यवस्था नहु“दा र कोरोना संक्रमण अस्पतालमा रहेको हल्लाका कारण सेवा लिन आउने महिलाको संख्या घटेको बताइन्। उनले भनिन्, ‘लकडाउन जारी भएपछि सेवा लिन आउने संख्या घटे पनि अहिले भने पुरानै अवस्थामा आएको छ।’

उनले गत वर्ष अस्पतालमा सञ्चालन गरिएको हेल्पिङ वेब सर्भाइभ तालिमले अहिले नवजात शिशु मृत्युदर घटाउनमा सहयोग पुगेको बताइन्। उनले भनिन, ‘तालिमले गर्दा शिशु मृत्युदर घटाउनमा सहयोग पुगे पनि बीचबीचमा सेवामा खटिएका व्यक्तिहरुलाई थप तालिम उपलब्ध गराए झन् राम्रो हुने थियो।’