Nepal Govt. Reg. No.: 144333/072/073

01-526916

Contact Us

भरतपुर अस्पतालमा गुणस्तरीय शिशु स्याहारका लागि ‘सुसार’

Friday June 25, 2021
भरतपुर अस्पतालमा गुणस्तरीय शिशु स्याहारका लागि ‘सुसार’

चितवन :

मातृ तथा नवजात शिशु स्याहरको गुणस्तरमा सुधार ल्याउन चितवनको पहिलाृ सरकारी अस्पताल भरतपुर अस्पतालमा ‘सुसार’ कार्यक्रम सुरु गरिएको छ ।

मातृ शिशु मुत्युदर घटाउन नेपाल सरकारको लक्ष्य प्राप्तिमा हातेमालो गर्न गोल्डेन कम्यूनिटी र भरतपुर अस्पतालले ‘सुसार’कार्यक्रको थालिनी गरेको छ ।

गोल्डेन कम्यूनिटीकी कार्यक्रम प्रवन्धक रेजिना गुरुङ्गका अनुसार अस्पताल अन्तरगतका मातृ तथा नवजात शिशु स्याहर वार्डहरुमा गुणस्तर सुधारका लागी चाहिने सीप र प्रविधिहरुलाई प्रयोगमा ल्याई प्रसुती समयको जटिलतालाई गुणस्तरिय व्यवस्थापन गर्न कार्यक्रमले सहयोग पु¥याउने छ ।

नवजात शिशु तथा मृत शिशु संख्यामा कमी आएको तथ्याङ्कको आधारमा यो कार्यक्रम जिल्लाका अन्य अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा हेल्थपोष्टहरुमा समेत विस्तार हुनेछ उनले भनिन् कार्यक्रम पश्यात नवजात शिशु तथा मृत शिशुहरुको संख्यामा कमी आउने छ ।
नेपालमा हरेक वर्ष ६ लाख बच्चा जन्मन्छन् । त्यसमध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मन्छन् भने करिब १३ हजार नवजातशिशु जन्मेको एक महिना नपुग्दै मर्छन् करिब १७ %शिशुहरु जन्मेको पहिलो घन्टामा, ५७% शिशु जन्मेको पहिलो दिनमा र ७९ %जन्मेको पहिलो हप्तामा मर्ने गर्छन् । नवजात शिशुको मृत्युको कारणहरु मध्ये महिना नपुगी जन्मनु (३१%) जन्मनासाथ सास फेर्न नसक्नु (२३%),तथा संक्रमण हुनु (१९%) प्रमुख रहेको संस्थाले जनाएको छ । नेपाल सरकारले हाल रहेको नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जिवित जन्ममा १२ र मृत जन्मने शिशुको दर प्रतिहजार जन्मलाई १३ मा घटाउने लक्ष्य अघि सारेकोे छ
सुसारले प्रसुती सेवालाई प्रभावकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमानै उचित निर्णय लिन स्वास्थ्यकर्मीलाई सशक्त बनाउने विश्वास अस्पतालका मेसु श्रीराम तिवारीले विश्वास लिए ।

‘सुसार’ कार्यक्रम ७ प्रदेशका ८ वटा सरकारी अस्पतालमा संचालन भइरहेको छ । यी अस्पतालहरु कोशी अस्पताल, जनकपुर अस्पताल, भरतपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पतालकर्णाली, सेती अस्पताल र डडेलधुरा अस्पताल हुन् ।
यो कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा गोल्डेन कम्यूनिटीको संयुक्त पहलमा संचालन भएको छ । कार्यक्रम २०७६ बाट सुरु भएको हो ।

भरतपुर अस्पतालमा को तथ्याकं अनुसार गत वर्ष १३ हजार ५ सय ४५ जनाले भरतपुर अस्पतालमा सुत्केरी गराएकोमा २ सय १८ शिशुको मृत्यु भएको थियो ।